झापा , असार ३ । यूएईमा अलपत्र परेका १४ जना नेपाली श्रमिकको उद्धारको पहल थालिएको छ ।

लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धारका लागि दुबईस्थित गैरआवासीय मधेसी संघ युएई (एनआरएमए) पहल थालेको हो । लामो समयदेखि यूएईमा कार्यरत रहेको उनीहरू २ वर्षे करार अवधि सकिएर पुनः भिसा रिन्यु गर्न नपाएका, काम नपाएर समस्यामा परेका, कम्पनीले खान र बस्न समेत नदिएर समस्यामा परेकाहरूलाई उद्धार गरेर नेपाल फर्काउन लागिएको एनआरएमए दुबईका कोषाध्यक्ष सदाम अन्सारीले जानकारी दिए । त्यसरी अलपत्र पर्नेहरूमा सप्तरी, सिरहा, रौतहट र जुम्लाका श्रमिकहरु रहेका छन् । समस्यामा पर्नेहरूमा सप्तरीका अर्जुन सदा, सुनसरीका अजितकुमार मेहतो रौतहटका इजामनन हक शेख, जुम्लाका कृष्ण नेपाली लगायतका रहेका छन् । समस्यामा परेकाहरूलाई एनआरएमए दुबईका अधिकारीहरूले भेट गरी घर फिर्ता पठाउन पहल थालेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्