झापा, असार ३ । प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा म्याद गुज्रेको औषधी वितरणको घटनामा संलग्न सम्पूर्ण कर्मचारीहरु निलम्बित भएका छन् ।

कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले प्रेस विज्ञप्ति जारी गरी सो घटनाको यथार्थ विवरण प्राप्त नभएसम्म प्राथमिक स्वास्थ्य केन्द्रको औषधी वितरण शाखामा कार्यरत सम्पूर्ण कर्मचारीलाई आजका मितिबाट लागू हुनेगरी निलम्बन गरिएको जनाएकी छन् ।

सो घटनाप्रति कचनकवल गाउँपालिकाले छानबिन थालेको छ । कचनकवल गाउँपालिका मातहतका स्वास्थ्य केन्द्रहरुबाट प्रवाह हुने स्वास्थ्य सेवाको विषयमा संवेदनशील रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत यादवले त्यस घटनाप्रति आबश्यक छानबिन थालेको जनाएकी छन् । छानबिनमा दोषी भेटिए कार्वाही गरिने उनको भनाई छ । केही दिनअघि प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीमा म्याद गुज्रेको औषधी वितरण भएको समाचार प्रकाशित भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्