झापा , असार ४ । ताप्लेजुङको सिदिङवा-६ स्थित मेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी घाइते भएका ४५ वर्षीय राजकुमार राईलाई उपचारका लागि विराटनगर लगीएको छ ।

सोही पहिरोमा परी एकैघरका ६७ वर्षीय केशरकुमार राई र ३६ वर्षीय सुरेश राईको भने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए । मृतक केशर र सुरेश बाबुछोरा हुन् । मृतक बाबु छोराको शवलाई पनि दाहसंस्कारका लागि हेलिकप्टरमार्फत झापा ल्याउने तयारी भइरहेको छ । त्यसैगरी सोही पालिकाको वडा नं ६ स्थित गौरीगाउँमा दुई दर्जन भन्दा बढी व्यक्तिहरू पहिरोको जोखिममा परेको र उनीहरूको उद्धारका लागि संयुक्त सुरक्षा टोली घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ । जोखिममा परेकामध्ये १२ जना महिला, बालबालिका र वृद्धवृद्धा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्