झापा, असार ४ । झापामा सवारी चेकजाँच गरिरहेका दुईजना प्रहरी भारतीय कारको ठक्करबाट घाइते भएका छन् ।

आज राति ८.२५ बजे बिर्तामोड– ६ बुट्टाबारीमा चेकजाँच गरिरहेका अस्थायी प्रहरी चौकी बुट्टाबारीका दुईजना प्रहरीलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको wb 74AA1794 नं को भारतीय कारले ठक्कर दिएको हो ।

ठक्करबाट सहायक हवल्दार शिवनारायण महत्तो र प्रहरी जवान दिपेन्द्र गुरुमैता घाइते भएका छन् । उनीहरुको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि कार चालक फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । अगाडि एउटा सवारीसाधनलाई चेकजाँच गरिरहेका बेला पछाडिबाट आएको सो कारले ठक्कर दिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्