बिर्तामोड,असार ५ । बिर्तामोड अपांगता स्वाबलम्वन संस्थाको आयोजनामा गुडिया र कपडाको झोला बनाउने तालिम सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको सहयोगमा २२ दिने गुडिया बनाउने र १५ दिने कपडाको झोला बनाउने भिन्नाभिन्नै तालिम सम्पन्न भएको हो । तालिममा शारीरिक अपांगता र बौद्धिक अपांगता भएका १०–१० जनाको सहभागिता रहेको थियो । झोला बनाउने तालिमलाई मैया शेर्पा तथा गुडिया बनाउने तालिमलाई सविता राजवंशी र चन्द्रा खड्काले सहजीकरण गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष दीपक थापाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला रहेका थिए । कार्यक्रममा उपप्रमुख संग्रौला , नेपाली कांग्रेस बिर्तामोडका नगर सभापति भोजराज सिटौला , शिक्षासेवी गणेशप्रसाद खनाल,प्रशिक्षकहरु मैया शेर्पा ,चन्द्रा खड्का , प्रशिक्षार्थी शान्ता अधिकारीलगायतले मन्तव्य राखेका थिए । पदम अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव हरि अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्