झापा , असार ५ । असार २ गते रातिदेखि जारी वर्षाका कारण गएको पहिरोका कारण पाँचथर जिल्लामा ३ सय ३४ जना विस्थापित भएका छन् ।

REFERENCE IMAGE

जिल्लाको याङवरक, फालेलुङ, हिलिहाङ र फिदिममा यत्तिका नागरिक विस्थापित भएका हुन् । पहिरोका कारण हालसम्म ६८ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए । पछिल्लो पटक गएको पहिराले जिल्लाको फालेलुङ गाउँपालिका-३ लुम्मिनदाङका २५ घर परिवार विस्थापित भएका छन् । यस्तै, हिलिहाङ-७ मा ७ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । जिल्लाको फालेलुङ-५ डाँडाडाँ बस्ती नजिकै जमिन भासिएपछि ४० घर जोखिममा परेको वडाध्यक्ष भरत खपाङ्गीले जानकारी दिए । बाढी पहिरो परेर हालसम्म ३ जनाले ज्यान गुमाएका छन् भने ३ जना बेपत्ता छन् । पहिरोका कारण १५ वटा झोलुङ्गे पुल बगेका छन् । बाढीले हेंवा तमोर नदीका पुल बगाँउदा मेची राजमार्गमा आवागमन ठप्प भएको छ । ठाउँ ठाउँमा विद्युत् र खानेपानी आयोजनामा क्षति पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्