झापा, असार ६ । झापाका विभिन्न स्थानबाट चोरी भएका ६ वटा मोटरसाइकल प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगरको धुलाबारीबाट तीन वटा, अर्जुनधाराको शनिश्चरे, सालबारी र भद्रपुरको चन्द्रगढीबाट एक-एक वटा मोटरसाइकल बरामद गरेको हो । प्रहरीले मे ९ प ३०८७ नम्बर उल्लेख भएको १२५ सिसी भएको रातो रंगको सुपर स्पलेण्डर मोटरसाइकल, मे ६ प ३७४८ नम्बर भएको १६० सिसी भएको एनएस मोटरसाइकल, मे ९ प १०७० नम्बर भएको १५० सिसी भएको कालो रंगको पल्सर मोटरसाइकल, मे १० प ९५५९ नम्बर भएको २२० सिसी भएको निलो रंगको पल्सर मोटरसाइकल, मे ७ प ३६५० नम्बर भएको सिल्भर रंगको टिभीएस कम्पनीको भिक्टोर मोटरसाइकल र मे १० प ८१७२ नम्बर भएको १५० सिसी भएको कालो रंगको पल्सर मोटरसाइकल बरामद गरिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । बेवारिसे अवस्थामा बरामद गरिएका मोटरसाइकलहरूको च्यासिस र इन्जिन नम्बर यातायात कार्यालयमा गएर बुझ्दा सम्बन्धित धनी फेला नपरेपछि आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको डीएसपी रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्