कुमरखोद, असार ७ । झापा गाउँपालिका वडा नं ५ का निवर्तमान वडाध्यक्ष दिनेशप्रसाद राजवंशीको हिजो दिउँसो निधन भएको छ ।

करिव ६० वर्षका राजवंशीको उपचारका क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा निधन भएको हो । उनलाई ब्लड क्यान्सर रहेको थियो । उनको आज दिउँसो १२ बजे विरीङ खोलामा अन्त्येष्टि गरिने वडाध्यक्ष कृष्ण राजवंशीले बताए । उनका दुई छोरा , दुई बुहारी र नातिनातिना रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्