मेचीनगर, असार ७ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले चौतारीलाई बाहेस गरेर अघि नबढ्न पत्रकार महासंघलाई आग्रह गरेका छन् ।

बुधवार काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित प्रेस चौतारी झापाको वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले त्यस्तो आग्रह गरेका हुन् ।
‘महासंघ केन्द्रको सदस्यता शुद्धिकरण अभियान अक्षरस् पालना गर्नुपर्छ’, अध्यक्ष बस्नेतले भने-‘झापा जिल्लामा मापदण्ड पालना गरेको देखिएन । महासंघले चौतारीलाई सल्लाह नगरी अघि बढे दुर्घटना निम्तिने छ । त्यसको जिम्मा महासंघ झापा शाखाले लिनु पर्नेछ ।’
चौतारीका केन्द्रीय सचिव एवम् कोशी प्रदेश इन्चार्ज विक्रम लुईटेलले महासंघको सदस्यता शुद्धिकरण अभियानको समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा चौतारीका कोशी प्रदेश अध्यक्ष अविजाल विष्टले सदस्यता शुद्धिकरण अभियानलाई महासंघले पक्षपात ढंगले अघि बढेको कारण समस्या भएको बताए । कसैलाई पाखा र कसैलाई काँखीमा च्यापेर नहिड्न उनले आग्रह गरे ।
राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट हिमशिखर टेलिभिजनका पत्रकार सुदिप अधिकारी, रेडियो भिजनका पत्रकार अस्मिता साँखी र खबरखेती डटकमका तिलक योञ्जन सम्मानित भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि चौतारीका अध्यक्ष बस्नेत, प्रदेश अध्यक्ष विष्ट, सम्मानित व्यक्तित्व तिलक योञ्जनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा झापाका अग्रज पत्रकार उमाकान्त खनाल प्रेस चौतारीमा प्रवेश गरेका छन् ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष प्रदीप परियार र सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्