झापा, असार ७ । लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा विगत १४ महिनामा करिव दुई किलोग्राम ब्राउनसुगर बरामद भएको छ ।

२०७९ बैशाखदेखि २०८० जेठ मसान्तसम्मको अवधिमा भारतबाट नेपाल भित्र्याउन लागेको अबस्थामा १८८६ ग्राम ७७३ मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रतिबन्धित लागूऔषधमा सबैभन्दा बढी ब्राउनसुगरको कारोबार भइरहेको पाइएको छ । त्यसपछि गाँजा रहेको छ । प्रहरीले सो अवधिमा ३५ केजी ५५० ग्राम गाँजा बरामद गरेको छ । त्यस्तै लुपिजेसिक १८९ एम्पुल , डाइजापाम २०४ एम्पुल ,फेनारगन २०१ एम्पुल , नाइट्रोसन ११० चक्की , नाइट्राजेपाम १७८ चक्की , एभिल ६ एम्पुल बरामद भएको छ ।

लागूऔषधको कारोबारमा संलग्न ३८० जना सो अवधिमा पक्राउ परेको डीएसपी खगेन्द्र रिजालले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा ३४ महिला र ३४६ जना पुरुष रहेका छन् । नेपाली नागरिक ३२ महिला र ३२८ पुरुष तथा भारतीय नागरिक २ महिला र १८ पुरुष पक्राउ परेको रिजालले जानकारी दिए । त्यस अवधिमा लागूऔषधमा संलग्न २३२ जनामाथि मुद्धा दर्ता गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्