कुमरखोद, असार ७ ।झापा गाउँपालिकाका कृषकहरुले सिँचाईका लागि पानी तान्ने मोटर पचास प्रतिशत अनुदानमा पाएका छन् ।

झापा गाउँपालिकाको कृषि शाखाले एक कार्यक्रमकाबीच ८६ जना कृषकलाई बिहीवार मोटर वितरण गरेको हो ।

साझेदारी कार्यक्रमअन्तर्गत २३ हजार रुपैयाँ पर्ने पानी तान्ने मोटर झापा गाउँपालिकाको ५ हजार २ सय पचास, सहारा नेपाल साकोस बिर्तामोडको ५ हजार २ सय पचास र कृषकको ११ हजार ५ सय रुपैयाँ लगानीमा कृषकहरुले पाएका हुन् ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सहारा नेपाल साकोस बिर्तामोडका अध्यक्ष हरिबहादुर राजवंशी रहेका थिए । प्रमुख अतिथि राजवंशीले सहारा नेपालले झापा गाउँपालिकाको विकास निर्माणदेखि विपन्नहरुको घर निर्माणलगायतका थुप्रै परियोजनाहरुमा साझेदारी रुपमा काम गर्दै आएको बताए । कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह, वडा अध्यक्षहरु हिमालकुमार चम्लागाई , राजकुमार यादव , ताहिर मुल्वी , कृष्णप्रसाद राजवंशी , नविनकिशोर थापा, सखिचन्द्र ठाकुर, सहारा नेपाल साकोसका वरिष्ठ उपाध्यक्ष हरि निरौला , सहारा नेपालका नविन लामिछाने र पशु शाखा प्रमुख जगतनारायण मण्डललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कृषि शाखाकी प्रमुख रिता बर्देवाले गरेकी थिईन् भने स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाले गरेकी थिईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्