झापा, असार ८ । गोरखाको सहिद लखन गाउँपालिका-३ पात्लेखोलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

सहिद लखन-३ कोडगाउँबाट वडा नम्बर ५ को पोखरीडाँडा जन्ती लिएर फर्कंदै गरेको प्र ३-०१-०२३ च २४२७ नम्बरको जिप सडकबाट दुई सय ५० मिटरको भीरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा सहिद लखन गाउँपालिका-५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । जिप दुर्घटनामा घाइते भएका ९ जनाको तनहुँस्थित आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दिप राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना र प्रतीक राना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्