झापा , असार ८ । धनकुटा नगरपालिका-४ स्कुलडाँडास्थित सडक नालीमा शुक्रबार बेवारिसे अवस्थामा एक व्यक्तिको शव भेटिएको छ ।

मृत्यु हुनेमा धनकुटा-६ का ४५ वर्षीय धनबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । मर्निङ वाकमा रहेका स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । नालीमा घोप्टो परेको अवस्थामा शव फेला परेको जनाइएको छ । मृतक भूतपूर्वक सैनिकसमेत हुन् । उनी छिमेकमा किरियापुत्री कुरेर राति साढे १२ बजे घर फर्केको स्थानीयले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्