झापा , असार ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्न सोध्ने सांसदको नाम बिर्सिएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले दुईजना सांसदको नाम बिर्सिएपछि पुनः नाम सोधेका थिए। सांसद अञ्जनी श्रेष्ठ र अम्बिका खड्काको नाम प्रधानमन्त्री प्रचण्डले बिर्सिएका हुन्। उनले सुरूमा बोल्ने श्रेष्ठलाई नचिनेपछि सोधे‘ अहिले भर्खरै बोल्ने माननीय सदस्यको नाम सोध्नुपर्ने भयो।’ त्यसपछि सभामुख देवराज घिमिरेले नाम अञ्जनी श्रेष्ठ रहेको बताए। पुनः उनले दोस्रो सांसद खड्काको नाम पनि बिर्सिए। भर्खरै बोलेको सांसदको नाम बिर्सिएपछि संसदमा हाँसो गुञ्जिएको थियो। उनले भने, ‘सभामुख महोदय फेरि नाम भनि दिनुपर्यो। गडबड खायो।’ त्यसपछि सभापति देवराज घिमिरेले सांसदको नाम अम्बिका बस्नेत रहेको बताए। प्रधानमन्त्री प्रचण्डले सात नम्बरको प्रश्न नरहेकाले सांसद खड्कालाई दोस्रो पटक प्रश्न सोध्न आग्रह गरे। ‘माननीय सदस्य फेरि प्रश्न भनिदिन म अनुरोध गर्दछु। मेरो तयारीमा केही कमजोरी रहेको देखियो,’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्