झापा, असार ९ । असारको पहिलो साता सकिदाँसम्म झापामा ९ प्रतिशत रोपाई भएको छ ।

असारको ८ गतेसम्म ७ हजार ८७५ हेक्टर क्षेत्रफलमा रोपाई भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । झापामा असार २ गतेबाट रोपाई शुरु भएको हो । कमल , गौरादह, कन्काई पालिकाका किसानहरुले छिट्टै रोपाई शुरु गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । उनले बाह्रदशी , कचनकवल पालिकामा ढिलोगरी रोपाई शुरु हुने गरेको जानकारी दिए ।

किसानहरुले छिट्टै पाक्ने रंजित , सर्णा , बीबी ११जस्ता धान रोपेका छन् । झापाका किसानहरुले मूल्यको ग्यारेन्टी भएको रामदाम धान पहिलो पटक लगाएको कार्यालय प्रमुख विष्टले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्