झापा, असार ९ । विश्वकप छनोटको निर्णायक खेलमा नेपालले खराब प्रदर्शन गरेको छ ।

जिम्बावेको हरारेमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई १ सय ६८ रनको झिनो चुनौती दिएको छ ।

४५ औं ओभरमा अल आउट हुँदै नेपालले १ सय ६७ रन मात्रै बनाउन सक्यो । नेदरल्यान्ड्सविरुद्धको जारी खेलमा नेपालले जिते सुपर सिक्समा पुग्ने सम्भावना बढी हुने थियो । यस खेलमा पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

टिमको स्कोर जम्मा ७ हुँदा नेपालका ओपनर आसिफ शेखको विकेट झरेको थियो । उनी शून्य रनमै आउट भएका थिए । नेपालका लागि सबैभन्दा बढी ३३ रन क्याप्टेन रोहित पौडेलले बनाए ।
त्यसैगरी सन्दीप लामिछानेले २७ रन बनाए । ओपनर कुशल भुर्तेलले २७, भीम सार्कीले २२, गुलसन झाले १५, कुशल मल्लले १२ र दीपेन्द्रसिंह ऐरीले १४ रन बनाएका थिए । त्यसैगरी आरिफ शेख ६ रनमै आउट भए भने करन केसीले १ मात्रै रन बनाउन सके ।
नेदरल्यान्ड्सका लागि लोगन भान बीकले ४ विकेट लिए भने विक्रमजीत सिंहले २ तथा वास डे लिडले २ र क्लाटन फ्लोयड तथा आर्यान दत्तले १–१ विकेट लिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्