झापा, असार ९ । आर. के. गोल्छा ग्रुपअन्तर्गत अरिहन्त ग्रीन इनर्जी प्रालिद्वारा उत्पादित अरिहन्त गो ब्रान्डका इलेक्ट्रिक सामानहरुको बारेमा जानकारी दिन कम्पनीले शनिवार बिर्तामोडमा इलेक्ट्रिसियन मीट कार्यक्रम सम्पन्न गरेको छ ।

६ वर्षअघि स्थापित अरिहन्त ग्रीन इनर्जी प्रालि विराटनगरले बल्व , स्वीच फेन , मेटल बक्स , डीभी बक्स , स्ट्रीट लाइट , फ्लोड लाइट ,प्यानल लाइट , सर्फेस लाइटलगायतका सामान उत्पादन गर्दै आएको छ ।

कार्यक्रममा अरिहन्त ग्रीन इनर्जी प्रालिका निर्देशक सोमनाथ अधिकारीले अरिहन्त गो ब्रान्डका इलेक्ट्रिक सामानहरुको विशेषताका बारेमा जानकारी दिएका थिए । उनले अरिहन्त गो ब्रान्डका सामानमा शिकायत कम भएको , दीगो चल्ने , इको फ्रेन्डली , २ वर्षको रिप्लेसमेन्ट ग्यारेन्टीजस्ता विशेषता भएको बताए ।

कार्यक्रममा पूर्वमा अरिहन्त गो ब्रान्डका इलेक्ट्रिक सामानको डिलरसीप पाएका पाठक इलेक्ट्रिक बिर्तामोडका भक्तिप्रसाद पाठक , दुर्गा इलेक्ट्रिक भद्रपुरका रोशन बस्नेत र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स दमकका दयासागर आचार्यले कम्पनीका सामानका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा बिर्तामोड , चन्द्रगढी , भद्रपुरका इलेक्ट्रिसियन र सव डिलर गरी ८० जनाको सहभागिता रहेको अरिहन्त ग्रीन इनर्जी प्रालिका व्यवस्थापक सन्तोष रायले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्