बिर्तामोड, असार ९ । ऐतिहासिक एवं धार्मिकस्थल विराटपोखरीमा बृक्षरोपण गरिएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा रहेको विराटपोखरीमा वडा अध्यक्ष मदन बुढाथोकीको सक्रियतामा बुद्धनगर टोल विकास समिति, नेपाल प्रहरी ,नगर प्रहरी र स्थानीयको सहयोगमा ७१ वटा बिरुवा रोपिएको हो । बिर्तामोड नगरपालिकालाई हरितनगरको रुपमा विकास गर्ने योजना रहेको छ ।विराटपोखरीमा बृक्षरोपण कार्यका लागि बिर्तामोड ३ र ९ का युवाहरुले विशेष सहयोग गरेका थिए

यसअघि गत असार ३ गते आईतवार पनि विराटपोखरीमा बृक्षरोपण गरिएको थियो । त्यसबेला स्थानीयबासीहरुको सहयोगमा ५६ वटा बिरुवा बृक्षरोपण गरिएको थियो । वडा नम्बर ३ का वडाध्यक्ष बुढाथोकीले जनप्रतिनिधि, स्थानीय भएर रोपिएको बिरुवालाई संरक्षण गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्