बिर्तामोड, असार ९ । राष्ट्रिय स्वतन्त्र पार्टीले अर्जुनधारा ६ मा संगठन विस्तार गरेको छ ।

शनिबार आयोजित वडा भेलाका बीच पार्टीले वडा समिति तथा र्यापिड एक्सन टिम गठन गरेको हो । उक्त भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी अर्जुनधारा ६ नम्बर वडाको सभापतिमा बबिन न्यौपानेलाई चयन गरेको छ । सोमनाथ बजगाई संयोजक रहेको निर्वाचन मण्डलले वडा समितिका पदाधिकारी तथा सदस्यहरु चयन गरेको थियो ।

वडा समिति उपसभापतिमा सरस्वती खत्री, सचिवमा यमनकुमार दनुवार, सहसचिवमा रविन खरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गणेश शंकर, होमादेवी लुईटेल, मुनादेवी दाहाल, सुनिता वि.क., केदार राजवंशी, सुनिल राजवंशी र मिलन संजेल चयन भएका छन् ।

भेलाबाट भिमलाल अधिकारीको नेतृत्वमा ७ सदस्यीय र्यापिड एक्सन टिम समेत गठन भएको छ । टिमको सदस्यहरुमा पंकज लुईटेल, दिलबहादुर अधिकारी, सितादेवी पोखरेल, प्रेमप्रसाद लम्साल, टिकाराम नेपाल र खगेन्द्रकुमार नेम्वाङ चयन भएका छन् ।
सांसद बिराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा भएको पार्टीको वडा भेलामा जिल्ला संयोजक उमेश खरेल, सहसंयोजक प्रकाश पाठकलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्