झापा, असार १० । चीनको गैर आवासीय नेपाली संघको चच्यांग क्षेत्रीय समिति २०२३- २०२५ को अध्यक्षमा आकाश गुरुङ निर्वाचित भएका छन् ।

नयाँ कार्यकारी समिति छनोट प्रक्रियामा पद संख्या बमोजिम नै आवेदन परेपछि गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो ।जसको उपाध्यक्षमा गोविन्द भण्डारी , महासचिव सुजित ब्यान्जु , सचिव जीवन मैनाली र कोषाध्यक्षमा बाबुल सिं राजवंशी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुवास भट्टराई ,प्रविन ज्ञवाली(थापा), माया मगर ,बिकी कार्की ,देवेन्द्र बुढाथोकी ,बिशाल केसी र राजन देवकोटा रहेका छन् । गैर आवासीय नेपाली संघको चच्यांग क्षेत्रीय समितिको छैटौं साधारणसभाबाट नयाँ समिति चयन भएको हो ।