भद्रपुर,असार १० । गौरादहका दिज्ञान श्रेष्ठ बहुभाषिक झापा आइडल बन्न सफल भएका छन्।

बहुभाषिक साहित्य संगीतकला केन्द्र, झापाको आयोजनामा शनिबार जिल्ला समन्वय समिति झापा भद्रपुरको सभाहलमा भएको फाइनल राउण्डमा ११ जना प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठ आइडल बन्न सफल भएका हुन्। उनले ५० हजार नगद पुरस्कार पाएका छन् । गौरादहका श्रेष्ठ प्रथम भइरहँदा मेचीनगरका विराज प्रसाईं द्वितीय भई पुरस्कृत भएका छन् । उनले २० हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा शिवसताक्षीका सानाहाङ लिम्बू, विर्तामोडका अनोज भारती र अर्जुनधाराका संजिव भुर्तेलले सान्त्वना पुरस्कार पाएका छन् । उनीहरुले जनही १०–१० हजार नगद पुरस्कार पाएका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति , वरिष्ठ गायक तथा संगीतकार शम्भु राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बहुभाषिक कविता संग्रह विमोचन गरिएको थियो । बहुभाषिक साहित्य संगीतकला केन्द्र झापाका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अन्य सहभागी बिर्तामोडका सागर कर्ण, बुद्धशान्तिका प्रशान्त पोख्रेल, अर्जुनधाराका अभिषेक मगर, दमकका डिकबहादुर धिमाल, बिर्तामोडका अनिल अधिकारी र झापा गाउँपालिकाकी अनिशाकुमारी गणेशलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।