झापा असार ११ । आगामी २०८४ सालको स्थानीय तहको निर्वाचनमा महेन्द्रकुमार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बिर्तामोड नगरपालिका प्रमुखको उम्मेदवार बनाउने चर्चा चलेको छ ।

पार्टीले आधिकारिक निर्णय नगरी कार्यकर्ता र शुभेच्छुकहरुले थापाको बारेमा त्यस्तो चर्चा गरेका हुन् । थापा आर्किटेक्ट इन्जिनियर हुन् । उनी रियल स्टेटको व्यवसाय गर्छन् । केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थापा यसअघि विवेकशील साझा पार्टीका प्रदेश संयोजक रहेका थिए । विवेकशील पार्टीको सिंगो जिल्ला समिति रास्वपामा प्रवेश गरेको थियो ।
थापालाई रास्वपाको केन्द्रीय सदस्यका लागि प्रस्ताव गरिएको छ ।तर, त्यसबारे निर्णय भइनसकेको पार्टी स्रोतले बताएको छ । चर्चामा रहेका थापा संभावना भएका व्यक्ति भएपनि २०८४ को मिशनका लागि पार्टीको आफ्नै प्रक्रिया रहेको रास्वपाका बिर्तामोड नगर सभापति शम्भु भण्डारीले प्रतिक्रिया दिएका छन् ।