भद्रपुर, असार ११ । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले भद्रपुर- बिर्तामोड सडक निर्माणमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउँदैै छिटोभन्दा छिटो काम सम्पन्न गर्न दवाव दिएको छ ।

पछिल्लो पटकको म्याद अनुसार सो सडक निर्माण गर्ने अन्तिम मिति २०८० भदौ ४ गते रहेको भएपनि सो समयमा काम सम्पन्न नहुने निश्चित भएको भन्दै काँग्रेसले छिटो काम सम्पन्न गर्ने वातावरण बनाउन सरकारसंग माग गर्दैै ज्ञापनपत्र बुझाएको हो ।

नगर सभापति रामबहादुर कँडेलको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र पठाएको हो ।
ज्ञापनपत्रमा भनिएको छ—‘तोकिएको समयमा सडक निर्माण नसकिने अवस्था रहेको हुँदा यो महत्वपूर्ण योजनालाई जतिसक्दो छिटो सम्पन्न गर्न नेपाल सरकारले ध्यान दिओस् ।’ सडक निर्माणका लागि समय थपिएको अवस्थामा नयाँ समयतालिका सार्वजनिक गर्न माग गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्