झापा , असार १२ । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’ मा रहेका नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ ।

नेपाली कलाकारले २० औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए । नेशनल ग्यालरीले नै कलाकृति नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रिला इन्टरनेशनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो । कूल २२ सेन्टिमिटर उचाइ ४३ दशमलव छ सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयताकार प्यानल एउटा र तीनवटा विभिन्न साइजका ‘आर्क’ शैलीका प्यानल छन् । पुरातात्विक महत्वका कलाकृतिलाई जम्मा तौल २६ केजी रहेको सांग्रिला कार्गोका कार्यकारी निर्देशक सौगात सिंहले जानकारी र्दिए । नेपाल ल्याएपछि ती पूरातात्विक महत्वका कलाकृतिहरु पुरातत्व विभागमा राखिनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्