झापा , असार १२ । झापामा बैंकिङ्ग कसुर मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका-६ निवासी ४२ वर्षीय पुष्पराज बाराकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उच्च अदालत विराटनगर इलाम इजलासबाट २०७९ कार्तिक २ गतेको फैसला अनुसार बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका बाराकोटी ५ दिन कैद तथा सजाय, १२ लाख जरिवाना ४८ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सुनाएका थिए । सोही दिनदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोली पक्राउ गरी कैद भुक्तानको लागि झापा कारागार पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्