झापा, असार १२ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका झापा बिर्तामोडका एक युवकले आज आत्महत्या गरेका छन् ।

नेपालबाट करिव दुई महिनाअघि कोरिया गएका करिव २४ वर्षिय बिर्तामोड २ का छत्रबहादुर बस्नेतले आत्महत्या गरेका हुन् । उनी छन्लाफोक्दोको घाना कम्पनीमा कार्यरत रहेका थिए । हिजो विहान काममा जाँदा उनलाई कम्पनीले काम गर्न नदिएर नेपाल पठाइदिने भनेर गाली गरेर रूम फर्काएको थियो ।

आज विहान काममा नजाँदा रूममा गएर हर्दा आत्महत्या गरेको अवस्थामा बस्नेतलाई भेटिएको नेपाली दूतावास सियोललाई उद्धृत गर्दै उनका मामा भक्त मनोक्रान्तिले जानकारी दिएका छन् । घटनाबारे जानकारी प्राप्त भएको परिवारले जनाएको छ । हिजो र आज मात्रै गरेर कोरियामा २ जनाले ज्यान गुमाएका छन् ।हिजो हृदयघातका कारण सुर्खेतका एक युवकले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्