बिर्तामोड, असार १२ । तार चोरी गरेको आरोपमा बिर्तामोड– १० मा एक व्यक्ति पक्राउ परेका छन् ।

तार चोरी गरेको आरोपमा बिर्तामोड– १० बस्ने बुधलाल मुर्मू पक्राउ परेका हुन् । उनलाई चोरिएको तारसहित पक्राउ परेका मुर्मूले आफूले चोरी गरेको कुरा स्वीकार गरेको इलका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको कार्कीले जानकारी दिए । बिर्तामोड–९ बद्रीबारी टोलमा एकैरात १३ वटा घरबाट तार चोरी भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्