कुमरखोद, असार १२ । झापा गाउँपालिका वडा नं २ मा संचालित वन्डरलाईफ एकाडेमीको स्कुल बस पल्टिदा दुई विद्यार्थी घाइते भएका छन् ।

विद्यालय छुट्टी भएर विद्यार्थीहरुलाई घर पुर्याउने बेलामा वडा नं को ५ कन्काई चौकमा प्रदेश १–०१–००१क१०९७ नं को बस पल्टिएको हो । घाईते हुनेहरुमा कक्षा ६ मा पढ्ने अब्जाल हुसैन र कक्षा ४ मा पढ्ने महमद सोनाङ रहेका छन् ।

महमद सोनाङलाई बिर्ता सिटी हस्पिटलमा पठाइएको छ भने अब्जाल हुसैनलाई सुरुङ्गाको समर अस्पतालमा उपचार गर्न पठाएको ईलाका प्रहरी कार्यालय कुमरखोदका सई कुलबहादुर मगरले बताए । बस चालकलाई ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्