झापा, असार १२ । हल्दिबारीका दुई बालकको भारतबाट उद्धार गरिएको छ ।

हल्दिबारी गाउँपालिका १ का बालकहरू लक्ष्मण बस्नेत र विमल आचार्य दुई दिनदेखि बेपत्ता भएका थिए ।

उनीहरूको खोजी गर्ने क्रममा भारतमा भेटिएको जानकारी पाउनासाथ बालकहरूको अभिभावकसहित हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन मंगलवार बिहान भारतको तारावारी गएका थिए ।

त्यहाँ भारतीय सुरक्षाकर्मीको सहकार्यमा दुई बालकलाई उद्धार गरी सकुशल घर फर्काइएको गाउँपालिकाका अध्यक्ष लिङ्देनले बताए । बालकहरू हराएको भन्दै सामाजिक सञ्जालमा तस्बिरहरू भाइरल बनेपछि भारतीय एसएसबीले सोमबार राति १० बजे दुई बालकलाई उद्धार गरी राखेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्