झापा,असार १३ । झापाका किसानहरुले माछा पोखरी खन्न अनुदान पाएका छन् ।

मत्स्यपालक किसानहरुले नयाँ पोखरी क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट यस वर्ष १५ लाख ९९ हजार ९९८ रुपैयाँ अनुदान पाएका हुन् । २५ प्रतिशत लागत सहभागितामा प्रतिकठ्ठा १६ हजार ६६६ रुपैयाँका दरले किसानहरुले अनुदान पाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भद्रपुरले जनाएको छ । महिमा कृषि फार्म भद्रपुर –३ ले ६ कठ्ठाको पोखरी खनेवापत १ लाख,सविन कृषि फार्मले २८ कठ्ठाको पोखरीवापत ४ लाख ६६ हजार ६४८,पुष्पाञ्जली कृषि तथा माछा फार्म बुद्धशान्ति– ३ ले १४ कठ्ठाको पोखरीवापत २ लाख ३३ हजार ३२४ , बाह्रदशी माछा फार्मले २० कठ्ठाको पोखरीवापत ३ लाख ३३ हजार ३२० ,थापा कृषि फार्म भद्रपुर ३ ले ६ कठ्ठा पोखरीको १ लाख, अमृता एकीकृत कृषि तथा पशुपालन फार्म गौरीगञ्ज १ ले १८ कठ्ठा पोखरीको २ लाख ९९ हजार ९८८ ,ज्यामिरगढी एकीकृत कृषि फार्मले ६ कठ्ठाको पोखरीको १लाख, रोमन कृषि फार्म गौरादह ९ ले २० कठ्ठा पोखरीको ३ लाख ३३ हजार ३२० , बाना माछा फार्म शिवसताक्षी ४ ले १० कठ्ठाको पोखरी खनेवापत १ लाख ६६ हजार ६६०, संस्कार एग्रोभेट बाह्रदशी ३ ले ६ कठ्ठाको पोखरीवापत १लाख रुपैयाँ पाएको मत्स्य अधिकृत केदारकुमार अधिकारीले बताइन् ।

त्यस्तै मत्स्य यान्त्रिकरण अनुदान कार्यक्रमअन्तर्गत तीनवटा फार्मले मोटर बोरिङ र समर्सियल पम्प पाएको अधिकारीले जानकारी दिइन् । नयाँ पोखरी क्षेत्र विस्तार कार्यक्रमका लागि झापाका ११ जना किसानले निवेदन दिएका थिए । त्यसमध्ये ९ जनाले अनुदान पाएका हुन् । माटो व्यवस्थापन गर्न नसक्दा दुईजनाले अनुदान नपाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्