झापा, असार १३ । नेपाली कथानक चलचित्र ‘परस्त्री’ बिहीबार (भोलि) रिलिज हुने भएको छ ।

शुक्रबार रिलिज हुने भनिएको चलचित्र एक दिन अगाडि रिलिज हुने भएको हो । ‘परस्त्री’ लेखक तथा निर्मातासमेत रहेका दीपेन्द्र के खनालले हिन्दी सिनेमा बिहीबार रिलिज हुने भएकाले आफूहरूले पनि ‘परस्त्री’ भोलि नै रिलिज गर्न लागेको जानकारी दिए । “भारतीय सिनेमा भोलि नै रिलिज हुने भएपछि हामीले पनि एक दिन अगाडि परस्त्री रिलिज गर्ने निणर्य गरेका हौँ,” दीपेन्द्रले भने । सुरज पाण्डेको निर्देशन ‘परस्त्री’मा शिल्पा मास्के कोसिस क्षेत्री, गौरव विष्ट मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले लेखेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् । ‘परस्त्री’ हिन्दी भाषामा भारतमा पनि रिलिज हुँदै छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्