झापा, असार १४ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेस गरेका छन् ।

बिहीबार जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् ।उक्त प्रस्तावमाथि अहिले छलफल जारी छ ।
पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारबाट माओवादी केन्द्र, जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको हो ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीका पक्षमा छन् ।
प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख गौतमसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ गरी ४६ सांसद छन् । एक सांसदमात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्