सुरुङ्गा , असार १४ । भारतबाट नेपाल ल्याउँदै गरेको भारतीय माछा बरामद गरी प्रहरीले सुरुङ्गामा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले भारतबाट सुरुङ्गाको बजारतर्फ ल्याउँदै गरेको जिउँदो मुङ्ग्री जातको र मरेको समेत गरी ६० केजी माछा बिहीवार दिउँसो कनकाई ५ हनुमान चौकबाट बरामद गरेको थियो ।

इलाका प्रहरी कार्यालय सुरुङ्गामा पत्रकार र नागरिक समाजको उपस्थितिमा ती माछा नष्ट गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायव निरीक्षक अशोक कोइरालाले बताए । पछिल्लो समय झापा जिल्ला माछामा आत्मनिर्भर भएसंगै भारतबाट मरेको माछा भित्र्याउन बन्द गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्