झापा, असार १४ । कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक ८ बजेका लागि बोलाइए पनि अझै सुरु हुन सकेको छैन।

मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावका विषयमा दलका तर्फबाट सांसदहरुले आफ्ना कुरा राखेपछि सभामुख बाबुराम गौतमले ३० मिनेटका लागि बैठक स्थगित भएको जानकारी प्रदेशसभालाई गराएका थिए। तर विशेष कारणबस बैठक ८ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए।

एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्की नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
सरकारमा सहभागी भएको माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। कार्कीले विश्वासको मत पाउने सम्भावना भने न्युन रहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्