झापा, असार १४ । झापाको बिरिङ र रतुवा खोलासहित केही स–साना नदीमा जल सतह आकस्मिक बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विभाग बाढी पूर्वानुमान शाखाले सूचना जारी गर्दै शुक्रबार बिहानसम्म नदी आसपासका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘पछिल्लो दुई घण्टामा इलामको जितपुर, बर्फल्याङ र आसपास तथा झापाको दमक र आसपास भारी वर्षा मापन भएको छ । बिरिङ खोला, रतुवा खोला लगायत झापा भई बहने अन्य केही स–साना नदीमा जल सतह आकस्मिक बढ्न सक्छ ।’बिहीवार दिनभरि वर्षा भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्