झापा, असार १५ । बिर्तामोड नगरपालिका वडा नं ३ मा वडास्तरीय बाल क्लब गठन भएको छ ।

वडाभित्रका बालबालिकाहरुको हिजो भएको भेलाले दृष्य खनालको अध्यक्षतामा ११ सदस्यीय बाल क्लब गरेको हो । जसको उपाध्यक्षमा वर्षा शिवाकोटी , सचिव श्रेया कडरिया, सहसचिव केथास कोइराला र कोषाध्यक्षमा कृष्टि न्यौपाने रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सुहाना थापा ,समिर मैनाली , सहारा मगर , नेन्सी राजवंशी , विवेक विष्ट र निधिकुमारी यादव रहेका छन् । वडाध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य हरिप्रसाद बाँस्कोटा , ग्रामकाली टोल विकास संस्थाकी अध्यक्ष मीना पाठक ,सतानु सैनिकमोड टोल विकास संस्थाका सचिव श्री न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव भीम अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्