झापा, असार १५ । बिर्तामोड–७ को वडा सञ्जालको अध्यक्षमा मुना रिजाल चयन भएकी छन् ।

हिजो भएको भेलाले मुनाको अध्यक्षतामा १७ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा सुवानी प्रसाई , सचिव सौगात घिमिरे , सहसचिव पुजन खतिवडा र कोषाध्यक्षमा जिया खड्का चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा योजना पौडेल , पूर्णिमा ओडारी, लोजिना लिम्बू , रेखा बुढाथोकी , मनिल सोरेन , सविना राजवंशी , रिजन रेग्मी , प्रधु खतिवडा , आयुष्मा कट्टेल , देवराज बानियाँ , सचिन बराल र आयुष खरेल रहेका छन् । वडाध्यक्ष कृष्णप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य खडानन्द निरौलाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा बेल्स इङ्लिस स्कूलका संचालक तारा प्रसाई , कञ्चन इङ्लिस स्कूलका डिल्लीराम चौलागाँईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सदस्यहरु लक्षिमा खतिवडा, हिमलता विश्वकर्मा , जनता प्राविकी सरिता प्रसाईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वडा सचिव प्रविण पौडेलले गरेका थिए । सोही अवसरमा बालबालिकाहरुलाई अभीमुखीकरण समेत गरिएको थियो । त्यस कार्यक्रमको सहजीकरण अभिषेक मिश्रले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्