बिर्तामोड, असार १५ । सडक निर्माणको क्रममा करेन्ट लागेर बिर्तामोड– २ मा आज विहान ७.३० बजे एक जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ३ सैनिकमोडका ४० बर्षीय धनबहादुर राजबंशी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । घैलाडुब्बा–बिर्ताबजार सडकखण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्