झापा , असार १५ । विषालु च्याउ खाएर ओखलढुंगामा एक महिलाको मृत्यु भएको छ ।

विषालु च्याउ सेवन गर्दा बिरामी परेकी चिशंखुगढी गाउँपालिका-७ डाडाँगाउँका २४ वर्षीया कल्पना शर्माको उपचारको क्रममा मृत्यु भएको छ । असारको ७ गते कल्पना र उनका श्रीमान् पर्शुराम खतिवडा च्याउ सेवनको कारण गम्भीर बिरामी भएपछि उपचारका लागि शिक्षण अस्पताल काठमाडौं पुर्‍याइएको थियो । कल्पनाको बिहीबार बेलुकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनका श्रीमान् खतिवडाको समेत अवस्था गम्भीर रहेको र उपचार भइरहेको प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्