झापा, असार १७ । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापाका एक व्यक्तिको निधन भएको छ ।

गौरीगञ्ज गाउँपालिका वडा नं. ६ खजुरगाछी गौरीयाडाँगी निवासी जगदिश राजवंशीको निधन भएको हो । हिजो विहान अचानक रिङ्गटा लागेर लडेका राजवंशीको अल्पायुमा निधन भएको गौरीगञ्जका पत्रकार आत्माराम राजवंशीले बताएका छन् । मृतकका श्रीमती र २ छोरी रहेका छन् ।