झापा, असार १७ । मोरङको सीमा नाकाबाट तस्करीको माध्यमबाट नेपाल भित्र्याइएको १० बोरा चिनीसहित एउटा अटो ट्याम्पो झापाको दमकबाट प्रहरीले नियन्त्रणमा लिएको छ।


जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचनाका आधारमा मोरङको रतुमाई नगरपालिकाको सिजुवा हुँदै आमवारीबाट झापाको दमकतर्फ आउँदै मे १ ह ५८५१ नम्बरको अटो ट्याम्पोलाई चेकजाँच गर्दा १० बोरा अवैध चिनी बरामद भएको प्रहरीले जनाएको छ। सो चिनी मोरङको चतरामुनि र चुनिमारी सीमा नाकाबाट भन्सार छलेर भित्र्याएको हो। प्रहरीले आइतबार दिउँसो पौने २ बजे चिनी लोड भएको अटो ट्याम्पोलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–९ स्थित चिया पसल नजिकैबाट नियन्त्रणमा लिएको हो।

५० केजीको दरले १० बोरा चिनी ३५ हजार र अटो ट्याम्पोलाई ३ लाख गरी ३ लाख ३५ हजार मूल्यांकन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्