बिर्तामोड, असार १९ ।झापामा मंगलवारदेखि ट्राफिक सप्ताह शुरु भएको छ ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण लागि ट्राफिक सप्ताह सुरु भएको हो । बिर्तामोडमा आयोजित समारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले ट्राफिक सप्ताहको उद्घाटन गरेका थिए । ९ वर्षकी ऋषिका भण्डारीलाई हेल्मेट लगाइदिएर कार्यक्रमको उद्घाटन गरिएको हो ।

विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि टंक दवाडीलगायतले मन्तव्य राखेका थिए । झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीको अध्यक्षतामा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रवीण जोशीले स्वागत गरेको कार्यक्रमको संचालन सई जीवन कार्कीले गरेका थिए । त्यसअघि प्रभातफेरी आयोजना गरिएको थियो । प्रभातफेरीले बिर्तामोड परिक्रमा गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्