बिर्तामोड, असार १९ ।बिर्तामोड–९ बद्रीबारीमा मोटर र तारसंगै कुखुरासमेत चोरी भएको छ ।

गत असार १७ गते आईतबार राति स्थानीय केशव पराजुलीले पालेको अढाई केजी दरका चालिस वटा बोईलर कुखुरा चोरी भएको हो । पराजुलीले रातको एक बजेसम्म खोरको वरपर हेर्दा केही नभएको तर बिहान उठेर हेर्दा खोरको ढोका फुटाएर कुखुरा चोरी भएको बताए । यसरी उनले पालेको तीस हजार मूल्य बराबरको सय केजी कुखुरा चोरी भएको हो ।

पराजुलीले बिगत सात बर्षदेखि कुखुरा पाल्दै आएका छन् । उनले आफ्नो कुखुरा पहिलो पटक चोरी भएको बताए। चोरी भएको भोलिपल्ट टोल विकास संस्थाका पदाधिकारी, प्रहरी र वडा अध्यक्षलाई जानकारी दिईएको समेत उनले बताए। बिर्तामोड–९ बद्रीबारीमा केही दिनअघि एकैरात १३ घरमा बिजुलीको तार र मोबाइल चोरी भएको थियो भने त्यसको केही दिनपछि पानीको मोटरलगायतका सामान चोरिएको थियो । तर प्रहरीले अझैसम्म चोर फेला पार्न सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्