झापा, असार २० । गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ताबुक साउदी अरबको आयोजनामा विविध कार्यक्रम सम्पन्न भएको छ ।

गत शुक्रबार मुस्लिम समुदायको महान पर्व इद अल अधा–२०२३ को अवसरमा गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति (NRNA – RCC) ताबुकको आयोजनामा पुरुष भलिबल प्रतियोगिता, बृहत् सांस्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।उक्त कार्यक्रमको अध्यक्षता क्षेत्रीय समन्वय समिति ताबुकका अध्यक्ष नरबहादुर खतिवडाले गरेका थिए भने विशिष्ट अतिथि महावाणिज्यदूतावास जेद्दाका महावाणिज्यदूत भुवन पौडेल, प्रमुख अतिथिद्वय आर.सी.सी. ताबुकका संरक्षक साथै सल्लाहकार भक्तबहादुर हमाल र आर.सी.सी. जेद्दाका वर्तमान अध्यक्ष डी. पी. अर्याल , अतिथिहरुमा आर. सी.सी. जेद्दाका सह–सचिव देवराज अर्याल , आर. सी.सी. जेद्दाका सह–कोषाध्यक्ष आनन्द पाण्डे, लक्ष्मण रोकाया , हिमाल रेमिटको प्रतिनिधित्व गर्दै मोहन खनाल, कुमारी रेमिटको प्रतिनिधित्व गर्दै दिपक तामाङ , लुलु सुपरमार्केटको प्रतिनिधित्व गर्दै शक्ति भट्ट र सुलभ रिक्रुमेन्टसको प्रतिनिधित्व गर्दै बुद्धिप्रसाद बाँस्तोला , त्यसैगरी ताबुक र आसपासमा रहेका प्रवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा विशिष्ट अतिथि महावाणिज्यदूत पौडेलले साउदी कानुनले वर्जित गरेको कुनै काम नगर्न नेपाली समुदायलाई आग्रह गरे । कतिपय कार्य नेपालमा सामान्य रहेपनि साउदी अरबमा गैरकानुनी हुने हुँदा त्यस्ता कार्यहरु नगर्न उनको आग्रह थियो । स्वागत मन्तव्य सावित्रा बनले गरेको कार्यक्रमको सञ्चालन आर. सी. सी. ताबुकका उपाध्यक्ष युवराज पोखरेल र प्रवक्ता शक्ति भट्टले गरेका थिए ।
कार्यक्रममा उपस्थित हुन नसकेका राजदूत नवराज सुवेदी र कार्यबाहक महावाणिज्यदूत शत्रुधन पोखरेलको भिडियो शुभकामना सन्देश सुनाइएको थियो।

कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको लागि प्रायोजक गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबकी वरिष्ठ उपाध्यक्ष रविना अर्याल साथै सह–प्रायोजकमा हिमाल रेमिट ताबुक शाखा, कुमारी रेमिट ताबुक शाखा,लुलु सुपरमार्केट ताबुक शाखा, आर. सी. सी. जेद्दा, अल साफी कम्पनीमा कार्यरत साजन तामाङ, रेशम थापा सुशिल तामाङ, सनम चौधरी थापा र बिष्णु थापा तथा सुलभ रिक्रुटमेन्ट बसुन्धरा, काठमाडौंले सहयोग गरेका थिए ।

पुरुष भलिबल प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहेको थियो। जसमध्ये नियोम–१ले प्रथम र लुलु सुपरमार्केटले दोस्रो स्थान हासिल गरेको थियो। कार्यक्रमको अर्को मुख्य आकर्षण नेपाली महिलाहरुले बनाएको नेपालीपनको झल्को दिने मःम, चाउमिन र सेलरोटीको परिकार रहेको थियो। कार्यक्रममा उपस्थित हुने अधिकांश सहभागीहरुलाई नेपालमै भएको अनुभूति गराएको थियो ।विविध सांस्कृतिक कार्यक्रमअन्तर्गत विभिन्न व्यक्तिहरुले विविध बिधामा आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।

श्रमिक अन्तरक्रियाअन्तर्गत महावाणिज्यदूत पौडेलले श्रमिकहरुको गुनासो सुनेर दूतावासको तर्फबाट समस्याको समाधानका लागि सक्दो सहयोग गर्ने आश्वासन दिएको गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समितिका पूर्व उपाध्यक्ष देबीबहादुर कार्कीले जानकारी दिएका छन् । कार्यक्रम हेर्नको लागि ताबुक,दुवा, शर्मा , हागललगायतका शहरबाट करिव ५०० जनाको उपस्थिति रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्