झापा,असार २० । गौरीगञ्ज गाउँपालिका वडा नं. ६ खजुरगाछी कन्चिरामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

बिहान ९.३० बजे स्थानीय प्रसदिया सरदारका १५ बर्षका छोरा विजय सरदारको चट्याङ लागेर मृत्यु भएको हो । उनी वडा नं. ६ का वडा सदस्य मोहम्मद आसामुदिन मियाको बीउ उखेल्न गएका थिए । मृतक सरदारसंगै रहेका सोही ठाउँ बस्ने १६ वर्षिय मनिजुर आलम र भारत फुलबारी घर भई हाल सोही ठाउँ बस्ने २० वर्षिय सिकन्दर आलम घाईते भई उपचारको लागि मेडि म्याक्स अस्पताल गौरादह पठाइएको छ । घाइतेहरुको अवस्था बोल्न सक्ने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्