झापा, असार २० । इटहरी चौकमा हिजो भएको सडक दुर्घटनामा परी आमाछोरीकै मृत्यु भएको छ ।

इटहरी –३ की सरिता चौधरी र उनकी छोरी अंशु चौधरीको मृत्यु भएको हो । आमा सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको थियो भने छोरी अंशुको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


खनारमा भदैनीको घरमा पूजामा जाने भन्दै घरबाट निस्केका आमाछोरी दुर्घटनामा परेका हुन् । घटनापछि इटहरी चोक लामो समय तनावग्रस्त रह्यो ।
कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । धरान लाइनबाट आएका दुवै सवारीले ट्राफिक लाइट बल्नेबित्तिकै तीव्र गतिमा चलाउँदा दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्