बिर्तामोड,२१ । गत शुक्रवार बिर्तामोड– २ मा सडक निर्माणको क्रममा करेन्ट लागेर मृत्यु भएका धनबहादुर राजबंशीको परिवारलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।

बिर्तामोड नगरपालिका– ३ सैनिकमोडका ४० बर्षीय राजबंशीलाई काममा लगाउने इलाम सूर्योदय नगरपालिका ८ मा रहेको सिद्धिथुम्का निर्माण सेवा प्रा.लि.ले सो क्षतिपूर्ति ब्यहोर्ने सहमति भएको हो । घैलाडुब्बा–बिर्ताबजार सडकखण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा गत शुक्रवार बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । ठेकेदार कम्पनीको लापरवाहीका कारण राजवंशीको मृत्यु भएको भन्दै मृतक परिवारले क्षतिपूर्तिको लागि दवाव दिएका थिए ।

बिर्तामोड ३ नं वडा कार्यालयमा मृतक परिवार र ठेकेदार कम्पनीका प्रतिनिधिबीच आज सो सहमति भएको हो । सहमतिपत्रमा मृतकका दाजु मोहन राजवंशी र ठेकेदार कम्पनीका संचालक दीपकप्रकाश उप्रेतीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्