झापा, असार २३ । लेटाङ– कानेपोखरी सडकअन्तरगत फाईरलाईनमा हिजो साँझ बोलेरोले टेम्पोलाई ठक्कर दिँदा चालकसहित दुईजनाको मृत्यु भएको छ ।

प्रदेश १–०२–००२ च ४१७३ नम्बरको बोलेरोले प्रदेश १–०२–०३ ह १३१२ टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टेम्पो चालक कानेपोखरी गाउँपालिका वडा नं ६ का अन्दाजी ३५ बर्षिय सागर तामाङ र टेम्पोमा सवार सोही ठाउँकी ८ बर्षिया रोश्नी मगरको मृत्यु भएको हो । तामाङको मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा उपचारका लागि पुर्याउनसाथ मृत्यु भएको हो भने रोश्नीको गोल्डेन अस्पताल विराटनगरमा राति पौने १० बजे मृत्यु भएको हो ।
हिजो साँझ अन्दाजी साढे ७ बजे लेटाङबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र.न.१–०२–००३ ह १३१२ नम्बरको टेम्पोलाई बिपरित दिशातर्फ बाट आउँदै गरेको प्र.न.१–०२–००२ च ४१७३ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । ८ बर्षिया बालिका रोश्नीकी आमा अन्दाजी ३५ बर्षिया टिका आलेमगरको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

बोलेरो र चालक ईलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेको छ । फारलाईनमा हिजो बिहान हावाले लडाएको रुख समयमै पन्छाउन नसकेकाले दुर्घटना भएको बताईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्