बिर्तामोड, असार २३ । झापाको बुद्धशान्ति– ३ स्थित इरा एभरग्रीन इङ्लिस स्कूलले २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ ।

विद्यालयबाट परीक्षा दिएका परीक्षार्थीमध्ये प्रतिशतमा हेर्दा ३.६० देखि ४ जीपीए ल्याउने सबैभन्दा धेरै आफ्नो विद्यालयको भएको संचालक खगेन्द्र मैनालीले दावी गरेका छन् । उनका अनुसार कूल ३० जना विद्यार्थीले परीक्षा दिएकोमा ३.६० देखि ४ जीपीएमा ७ जनाले उत्तीर्ण गरेका छन् । जुन २३.३४ प्रतिशत हो । त्यस्तै ३.२० देखि ३.६० जीपीएमा ११ जना , २.८० देखि ३.२० जीपीएमा ६ जना ,२.४० देखि २.८० जीपीएमा २ जना , २.०० देखि २.४० जीपीएमा ३ जना र १.६० देखि २.०० जीपीएमा १ जना विद्यार्थीले उत्तीर्ण गरेको विद्यालयका संचालक मैनालीले जानकारी दिए ।

२०५६ सालमा स्थापित इरा एभरग्रीन इङ्लिस स्कूल पठनपाठनमा उत्कृष्ट रहँदै आएको छ । एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा संचालक मैनालीले विद्यार्थी , शिक्षक र अभिभावकहरुलाई बधाई दिएका छन् ।