कुमरखोद, असार २४। झापा गाउँपालिका नं २ मा स्थित त्रिभुवन आधारभूत विद्यालयको चारकोठे भवन निर्माण सम्पन्न भएको छ ।

सो भवनको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले आइतवार उद्घाट्न गरेका छन् ।
केन्द्र र स्थानीय सरकारको ३६ लाख रुपैयाँको संयुक्त लगानीमा चारकोठे भवनको निर्माण कार्य सम्पन्न भएको प्रधानाध्यापक सिताराम यादवले बताए ।

बालविकासदेखि कक्षा ८ सम्मको पढाइ हुने उक्त विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । त्यसमध्ये छात्र १८० र छात्रा १७० जना रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पोख्रेलले विद्यालयको अवस्थाका वारेका जानकारी दिँदै विद्यालयको संरचनाहरु कमजोर रहेको , कक्षाकोठाको आवश्यकता भएको , विद्यालयको चौरमा खाल्डाखुल्डी रहेकोले वर्षातको समयमा बालबालिका डुब्ने खतरा भएको, चौरमा घेरावेरा नभएकोले विद्यार्थीहरु सडक छेउमा गएर खेल्दा दुर्घटना समेत हुनसक्ने र घेरावेरा नभएकै कारणले स्थानीयवासीले गाईवस्तु ल्याएर स्कुलमा वाँध्ने गरेको समस्या सुनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष शाह , शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकाल , वडाध्यक्षहरु राजकुमार यादव , हिमालकुमार चम्लागाई , ताहिर मुल्वी , न्यायिक समिति सदस्य राजकुमार कोच, कुमरखोद रेडक्रस उपशाखा सभापति सुन्दरलाल गणेश , झापा गाउँपालिका शिक्षक महासंघका अध्यक्ष जगन्नाथ राजवंशी र विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षक सन्तोष गणेशले गरेका थिए भने स्वागत मन्तव्य प्रधानाध्यापक सीताराम यादवले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्